नेपालमा कात्तिकबाट ई-पासपोर्ट, २ अर्बको ठेक्का सम्झौता

५ बर्ष अगाडि

काठमाडौं - ई–पासपोर्ट आगामि कार्तिकदेखि आउँने भएको भएको छ । यसको लागि परराष्ट्र मन्त्रालय अन्र्तगत राहदानी विभागले तयारी अघि बढाएको हो ।

सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको छ । गत २१ डिसेम्बरमा आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर ९नेपाली साढे २ अर्ब रुपैयाँ बढी०बराबरको ठेक्का सम्झौता गरेसँगै प्रक्रिया अगाडि बढेको हो ।

ई–पासपोर्ट जारी गर्ने यसअघि नै विभागले सूचना जारी गरिसकेको छ । आगामी सेप्टेम्बरदेखि इ–पासपोर्ट जारी गर्ने तयारी भएकाले अत्यावश्यकबाहेक एमआरपी नबनाउन विभागले आग्रह गरेको थियो ।

विश्वका ११५ मुलुकले ई–पासपोर्ट जारी गरिसकेका छन् । विभागले अत्यावश्यकबाहेक एमआरपी नबनाउन सर्वसाधारणमा आग्रहसमेत गरिसकेको छ । 

सरकारसँग भएको सम्झौता अनुसार प्रक्रिया पूरा भए कात्तिक दोस्रो साताबाट ई–पासपोर्ट जारी हुनेछ ।

२०६७ पुसदेखि वितरण सुरु एमआरपी आर्थिक वर्ष २०७६/७७ सम्म ६३ लाख ७२ हजार १ सय ५३ जनाले लिइसकेका छन् । विभागमा अझै करिब २ लाख ३० हजार एमआरपी मौज्दात छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया