एनसीसी बैंकको ऋणपत्र बाँडफाँड, शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

५ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले चैत १३ गतेदेखि चैत १८ बुधबारसम्म बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरेको छ ।

रितिपुर्वक आवेदन दिने सबै आवेदकलाई चैत २७ गते बाँडफाँड गरिएको बैंकको ऋणपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

यस्तै व्यक्तिगत तवरबाट आवेदन गरी आंशिक बाँडफाँडमा परेको ऋणपत्र वापतको बाँकी रकम चैत ३० गते सोमबारदेखि आईपीएस मार्फत फिर्ता गरिने जनाइएको छ ।

बैंकले जारी गरेको एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन ल्याएको थियो ।

बैंकले बिक्रीमा ल्याएको दश वर्ष अवधिको एनसीसी ऋणपत्र २०८६ मा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्राप्त गर्नसक्नेछन् । ऋणपत्रको ब्याज अर्धवार्षिक (६.६ महिनामा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

एनसीसी बैंकको ऋणपत्रको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया