काठमाडौं - मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइएमओ० को सहयोगमा विभिन्न जेलमा रहेका २४ जना नेपाली कामदारहरुलाई उद्धार गरी नेपाल फर्काएको छ ।
उनीहरुलाई शुक्रबार साँझको हिमालयन एयरलाइन्सको फ्लाईटबाट नेपाल पठाइएको हो । उनीहरु शनिबार विहान नेपाल आइपुगेका छन् ।
नेपाली दूतावास मलेसियाको द्वितीय सचिव र जेल तथा डिटेण्सन शाखा प्रमुख प्रेम बुढा थापाले विभिन्न कारणले तोकिएको जेल सजाय पूरा गरेका उनीहरु नेपाल फर्किने जहाज टिकट र कानूनी कागजातको अभावमा जोहोरवारुस्थित घर फिर्ती केन्द्रमा रहेको बताए ।
द्वितीय सचिव थापाले आइओएमले उनीहरुलाई स्वदेश फर्किने जहाज टिकट उपलब्ध गराएको थियो भने मलेसिया सरकारले कोरोना भाइरस कोरोनाको पीसीआर परीक्षण वापतको खर्च सहयोग गरेको थियो ।
प्रतिक्रिया