आज दुई कम्पनीको साधारण सभा, यस्तो छ एजेण्डा

५ बर्ष अगाडि

काठमाडौं - आज दुई कम्पनीको साधारण सभा हुने भएका छन् । मिथिला लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न हुन लागेको हो ।

मिथिला लघुवित्तको धनुषाको जनकपुरधाम स्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुँदै छ । सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ बाट प्रस्तावित १२ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभाले मिथिला लघुवित्त र अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्तसँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने तथा बोनसपछि जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ ।

किसान लघुवित्तको बिहान ११ बजे, कैलालीको लम्की चुहास्थित आफ्नै भवनमा हुँदै छ । सभाले किसान लघुवित्त र अन्य संस्था गाभ्नेरगाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव उपर छलफल गरी पारित गर्ने भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, सभामा लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया