काठमाडौं– हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । बाँकि भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन÷चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिक्रिया