काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ ।
अम्रपाली ब्यङ्केट क्याटेरिङ्ग इभेन्ट भाटभटेनी काठमाडौंमा आगामी बैशाख २१ गते सभा बस्ने कम्पनीले जनाएकोछ । सभामा वार्षिक प्रतिवेदन लेखा समितिको प्रतिवेदन माथि छलफल गरि पारित गरिने छ ।
सभामा ६ जना सञ्चालक समितिका सदस्यको समेत निर्वाचन हुने छ । जसमा ३ जना संस्थापक शेयरधनीको तर्फ बाट र ३ जना सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचन हुने छ ।
सभा सो दिन बिहान ११ बजे बाट सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया