काठमाडौं- आज आइतबार घोडेजात्राको सार्वजनिक विदा भए पनि बैंक तथा वित्तीय संस्था ९वाणिज्य बैंक, विकास बैंकर फाइनान्स कम्पनी० हरुलाई खुला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले २०७५ असार २६ गते बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सूचना अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबार लगायतका जनसुकै सार्वजनिक बिदा पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको थियो ।
सोही अनुसार राजस्व संकलन गर्ने प्रयोजनका लागि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु र भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ्गका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ्ग हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिइएको हो ।
यस्तै दुबै दिन शनिबार र आइतबार रियल टायम ग्रस सेटल्मेन्ट ९आरटीजीएस० प्रणाली समेत नियमित ९नर्मल बिजनेस डे सरह० सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया