नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

५ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। पोखरेल ६ हजार ९४२ मतसहित पोखरेल विजयी भएका हुन्।

पोखरेलका प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवारी दिएका गजेन्द्र बुढाथोकीले ४९१ र रामप्रसाद दाहालले १५६ मत पाएका छन्। 

अधिकांश पोखरेलकै  प्यानलका उम्मेदवार विजयी भएका  छन् । 

चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी,सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया