पत्रकार महासंघको अध्यक्षमा पोखरेल !

५ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जित सुनिश्चित भएको छ। शनिवार मतगणना सकिए संगै पोखरेल भारी मत अन्तरले अगाडी रहेकाले विजयी सुनिश्चित भएका हुन् । यद्यपि ५ जिल्लाको मत आउन भने बाँकी रहेको छ । 

अधिकांश पोखरेलकै  प्यानलका उम्मेदवार विजयी भएका  छन् । प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछी  पार्दै पोखरेल २ हजार १ सयभन्दा बढीले अगाढी रहेका छन्। 

चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी,सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।

मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ।

५ बर्ष अगाडि

प्रतिक्रिया