लामो समयदेखिको खडेरीका कारण पोखरा महानगरपालिका– ३३ बरमाझथरका स्थानीयवासी पानीको चरम समस्या झेल्दै आएका छन् ।
स्थानीयवासीको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टिङमार्फत गाउँमा पानी वितरण हुँदै आएकामा दुई महीनायता मेसिनसमेत बिग्रिएपछि दैनिकी सञ्चालनमा नै समस्या आएको हो । करीब १३० घरधुरीले उपयोग गर्दै आएको लिफ्टिङ पानी सञ्चालन नहुनुका साथै वरपरका कुवा तथा पँधेरामा पनि पानी सुकेपछि एक गाग्री पानीका लागि घण्टौँ कुनुपर्ने बाध्यता छ ।
पिउने पानीका साथै गाईबस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयवासीले बताएका छन् । खुर्वादी हुडिकोट लिफ्टिङ सञ्चालन नहुँदा आसपासका कटुजे, ओख्ले, खुर्वादी, कल्स्याङ्दीलगायतका स्थानमा पुगी यहाँका स्थानीयवासीले गाग्रीमा बोकेर पानी ल्याउने गर्दछन् । ती प्राकृतिक जलाशयमा पनि खडेरीले पानी सुक्दै गएपछि स्थानीयहरु चरम समस्या समस्यामा परेका छन्।
प्रतिक्रिया