बस दुर्घटना हुदाँ ५ जना घाइते

५ बर्ष अगाडि

काठमाडौं-  डोटीमा बस दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् ।

धनगढीबाट अछामका लागि छुटेको ना ७ ख ३५७५ नम्बरको बस डोटीको शिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

३४ जना यात्रु सवार बस शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटना हुँदा ५ जना सामान्य घाईते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया