सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ४६ वर्षीय पुरुष पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौंको गोठाटारबाट ४६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् ।

गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका  कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया