यौनसम्पर्क गर्न नदिएको रिसमा आफ्नै पत्नीको हत्या

५ बर्ष अगाडि

काठमाडौं- रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयामा  यौनसम्पर्क गर्न नदिएको रिसमा एक जनाले आफ्नै पत्नीको हत्या गरेका छन्।

६६ वर्षीय गनपतले  ५५ वर्षीया कुश्मा बानियाँको यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटना थाहा पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले श्रीमान बानियाँलाई पक्राउ गरेको हो।

गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बुधबार साँझ पनि खानपिन गरी राति ९ बजेतिर सुत्न गएकी कुस्मालाई यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

पक्राउ परेका गनपतमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको थापाले बताए।

५ बर्ष अगाडि

प्रतिक्रिया