काठमाडौं- एक्सेल डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभाश प्रस्ताव गरेको छ ।
बैंकले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया