नागरिक लगानी कोषले करिब साढे ९ अर्ब रकम मुद्दती निक्षेपमा राख्ने

५ बर्ष अगाडि

काठमाडौं- नागरिक लगानी कोषले करिब साढे ९ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।  

कोषले आज एक सूचना जारी गर्दै ९ अर्ब ४५ करोड २५ लाख ९६ हजार रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ । साथै,कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह पनि गरेको छ ।

कोषले आगामी वैशाख २ गते बेलुका ४स्३० बजे भित्र सिलबन्दी प्रस्ताव बुझाउन समेत आह्वान गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया