काठमाडौं- नेपाल इन्स्योरेन्सको आज (शुक्रबार) वार्षिक साधारण सभा बस्दैछ । सभा एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा राखेको छ । यस्तै,सभामार्फत संस्थापक समूहबाट विशाल मिनरल्स एन्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवालको सञ्चालक समितिमा नियुक्तिलाई अनुमोदन गर्नेछ ।
सभा गर्न चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरिएको छ । चैत १६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन् ।
प्रतिक्रिया