जनरल इन्स्योरेन्स कम्पनीले बोलायो साधारणसभा, कोभिड–१९ मा सहायोग गरेको राहत कोषको अनुमोदन गर्ने

५ बर्ष अगाडि

काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको वार्षिक साधारणसभा बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार काठमाडौंमा आगामी बैशाख २६ गते बस्ने कम्पनीले जनाएको छ । 

सभामा वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, सर्वसाधारणको तर्फबाट एक जना महिला सहित २ जना सञ्चालक समितिमा निर्वाचन गर्ने कार्यक्रम रहेको छ । यस्तै कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम सभा बाट अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।

साधारणसभा सो दिन बिहान ११ बजे बाट सुरु हुने कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया