महिनाको २५ गते पछि शनिबार र सार्वजनिक बिदाको दिन पनि बैंक खुला हुने

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूलाई महिनाको २५ गते र सो भन्दा पछि मसान्त सम्म शनिबार तथा सार्वजनिक बिदाको दिन पनि बैंक खुला गर्न निर्देशन दिएको छ ।

राजस्व संकलन गर्नको लागी “क” “ख” र “ग” वर्गका बैंकहरूले सो दिनहरूमा पनि बैंक खोल्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । ति बैंकहरूले असोज, पुष, चैत, र असार महिनामा शनिबार तथा सार्वजनिक बिदामा बैंक खोल्नु पर्ने छ ।

केन्द्रिय बैंकका अनुसार राजस्व संकलन गर्ने बैङ्कहरू, चेक क्लियरिङ गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरू र क्लियरिङ हाउसलाई पूर्ण रुपमा तोकिए अनुसार खोला गर्नु पर्ने छ । 

 २०७५÷०३÷२६ गते इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम काम गर्नु पर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया