राष्ट्र बैंकले नक्कली, सक्कली नोट परीक्षण गर्ने मेसिन ल्याउने

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बेलायतबाट नोट परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको  सो मेसिन ल्याउन लागेको हो । 

सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो ।  सो मेसिनले नक्कली, सक्कली, झुत्रा नोट छुट्याउनेछ । 

यो कम्पनीले बिड गरेको आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्न जान्छ ।  केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया