म्याग्दीको सदरमुकाम बेनीस्थित रहेकाे प्रभु बैंक शाखाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको बैंकले जानकारी गराएको हो ।
कर्मचारीलाई कोरोना संक्रमण भएपछि बैंकिङ कारोबार तथा राजश्व संकलन कार्य १० दिनका लागि बन्द रहने बैंकले जनाएको छ ।
बैंकले कोभिड १९ को संक्रमण फैलिरहेको पाइएकोले अनावश्यक भिडभाड नगर्न, जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न गराउन तथा शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तत्कालै संपर्क गर्नुहुन सम्पूर्ण म्याग्दीबासीमा अनुरोध गरेको छ ।
प्रतिक्रिया