डिप्रोक्स लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

५ बर्ष अगाडि

काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । 

कम्पनीले चैत २० गते सम्पन्न १९औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । 

कम्पनीले मंगलवादेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो ।

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया