काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बुधबार हुदैँछ । सभा बुधबार ११ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा सुरु हुँदैछ । ु
सभामा २० प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव रहनेछ ।
साथै, महुलीले प्रिमियम भाउमा एफपीओ जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । अन्य कुनै लघुवित्त संस्थासँग मर्जर वा एक्विजीसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने भएको छ । यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ ।
साधारण सभा गर्न चैत १० गते नै बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया