रिलायन्स फाइनान्सको साधारण सभा वैशाख २४ मा, लाभांश प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं- रिलायन्स फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा वैशाख २२ गते  हुने भएको छ । कम्पनीले लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजेका लागि सभा गर्ने भएको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको प्रवन्धपत्र र नियमावीमा संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख १० गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।  चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया