काठमाडौं– समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने भएका छन् ।
गत पुस १४ गते सम्पन्न दुबै कम्पनीको वार्षिक साधारणसभा बाट दुबै कम्पनी मर्जरमा जाने निर्णय स्वीकृत गरेका हुन ।
नेपाल सरकार बाट “घ” वर्गको इजाजतपत्र प्राप्त दुवै संस्थाले मर्जर पछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाम बाट कारोबार गर्ने छन् ।
कम्पनीको एकीकृत कारोबार आगामी बैशाख २ गते बाट सुरुहुने छ ।
गाभिए पछिको संस्थाको रजिस्टर्ड कार्यालय काभ्रे स्थित बनेपामा रहने कम्पनीले जनाएको छ ।
दुबै वित्तीय राष्ट्र बैंकले यि दुबै वित्तीय संस्था एकआपसमा गाभिनका लागि गत चैत १० गते अन्तिम स्वीकृति दिएको थियो ।
प्रतिक्रिया