१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा छन् ।
आइतबार मध्यरात आफ्नै घरमा सुतेकी बालिकालाई बलात्कार गरेको परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया