माओवादीले गर्यो ४ संघीय सांसदलाई निलम्बन

५ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ ।  मंगलबार माओवादीले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको हो।

माओवादी संसदीय दलका  प्रमुख सचेतक देव गुरुङले  सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिएका छन् । 

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । 

मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया