काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाको बुधबार चैत २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा २० प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ भने बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि हुनेछ । यस्तै, महुलीले प्रिमियम भाउमा एफपीओ जारी गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।
यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ ।
महुलीले साधारण सभा गर्न चैत १० गते बुक क्लोज गरेको छ ।
प्रतिक्रिया