झापामा पत्नीको हत्या गरि पतिले गरे आत्महत्या

५ बर्ष अगाडि

झापा- झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या  गरेका छन्।

गएराति ३० वर्षीय  मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले २६ वर्षिया पत्नी राजकुमारी ताजपुरियासँग झगडा गरि झगडाकै क्रममा धारिलो हतियारले पत्नीको शरीरमा रोपेका थिए। श्रीमती रगताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन्।

राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार संभव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए।

जगतबहादुरको शवलाई राति नै पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया