ग्लोबल आइएमईको ३० अर्ब बराबरको ऋणपत्र बाँडफाँट

५ बर्ष अगाडि

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडकोे रू. ३ अर्ब बराबरको ऋणपत्र चैत २३ गते(सोमबार) बाँडफाँट भएको छ । 

कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका  ३० लाख कित्ता ऋणपत्र चैत १ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो ।

कम्पनीले १० वर्ष अवधिको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्कासन गरेको हो । 
 
कुल ऋणपत्रमध्ये १८ लाख कित्ता कम्पनीले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गरेको छ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गरेको हो । 

यस्तै, कम्पनीले सर्वसाधारणमध्ये बाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । 

कम्पनीको ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया