सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश पारित भएको छ ।

बैंकले ५ प्रतिशत बोनस शेयर र कर भूक्तानी प्रयोजनका लागि ०.२६३२ प्रतिशत गरी कुल ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको आज लैनचौर व्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा सम्पन्न भएको १६ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको हो ।

साथै सभाले आर्थिक बर्ष २०७६/०७७ का वित्तिय विवरण पारित र आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति लागायत प्रस्ताव पारित गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया