मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड बराबरको ७ वर्षे ऋणपत्र निष्कासन गर्दै

५ बर्ष अगाडि

काठमाडौं- मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्कासन गर्ने भएको छ।

प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ता बराबरको ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने बैंकले जनाएको छ । यस ऋणपत्रको अवधी ७ वर्षको रहेको छ । 

बैंकले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

एक अर्ब २५ करोड रुपैयाँको ऋणपत्रको ७५ करोड रुपैंया व्यक्तिगत तवरमार्फत् र ५० करोड रुपैंया सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिने बैंकले जनाएको छ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया