सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

५ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंकले नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । 

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गरेका हुन् । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन ।

११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया