काठमाडौं - नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच सम्झौता भएको छ ।
स्थानिय तयारी पोशाक उत्पादन व्यवसायिहरुलाई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको हो ।
निरज कुमार बस्नेत ९डनिल०, प्रमुख एस।एम।ई। तथा लघुवित्त, नबिल बैंक र किशोर नेपाल, अध्यक्ष, एन।एस।टी।पि।उ।एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।
सो कार्यक्रममा नबिल बैंकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन।एस।टी।पि।उ।एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति थियो ।
प्रतिक्रिया