ग्लोबल आइएमईले जारी गरेको ऋणपत्रमा माग भन्दा बढी आवेदन

५ बर्ष अगाडि

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ ।

बैंकले गत चैत्र १ गतेदेखि ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि तोकिएको थियो ।  

बैंकले ३ अर्ब रुपैयाँ बराबरको १ हजार प्रतिऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ ।

कम्पनीले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको  थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया