काठमाडौं - कृषि बिकास बैंकको संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार उनलाई संचालक सदस्यमा नियुक्त गरिएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दिर्घराज मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले सपथ ग्रहण गराएका छन् ।
नवनियूक्त संचालक सदस्य मैनाली सँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत पनि रहेका छन् ।
प्रतिक्रिया