काठमाडौं - विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको हो ।
कम्पनीको गत पुस २९ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले १९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले पुस १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरेको हो ।
सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि डिम्याट खातामा नै शेयर जम्मा हुने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराइ खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया