काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको दुई छुट्टाछुट्टै कम्पनीहरूको शेयर बिक्रीको लागी सिलबन्दी बोलपत्र आवेदन आज बाट खुला भएको छ ।
नेशनल लाइफ इन्स्युरेन्स कम्पनीको प्रति कित्ता रु.४ सय ६६ मूल्यमा ५५ हजार ८ सय ६६ कित्ता र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको प्रति कित्ता रु. १५ सय २९ मूल्य तोकी ५० हजार कित्ता शेयर बोलकबोल माध्यम बाट बिक्री गर्ने भएको छ ।
शेयर खरिद गर्न कम्पनीको सर्तहरूको अधीनमा रही आगामी चैत ३१ गते भित्र बोलपत्र आवेदन पेश गरिसक्नु पर्ने छ । र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको हकमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले मात्र शेयर खरिद गर्न सक्ने छन् भने नेशनल लाइफ इन्स्युरेन्स कम्पनीका हकमा इच्छुक सबैले बोलपत्र आवेदन दिन सकिने छ ।
बोलपत्र आवेदन एन आई सी एशिया बैंक लिमिटेड बबरमहल तथा यसका शाखाकार्यलय थापाथली र विराटनगर, मोरङ्ग, वीरगंज,पर्सा लगायतका शाखा बाट बोलपत्र आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया