अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न

५ बर्ष अगाडि

काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेडद्धारा मिति चैत २० देखि २२ सम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तिन) दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भयो । 

उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रुपमा कार्य गरे भने सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर श्री महेश बस्नेतले प्रमाण पत्र वितरण गरेका थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया