नेपाल राष्ट्र बैंकमा कार्यरत महिला अधिकृत पक्राउ

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकमा कार्यरत महिला अधिकृत पक्राउ परेकी छिन्  । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको हो । 

ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । 

 ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ । तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया