गेष्ट हाउसमा बोलाएर १७ वर्षिया किशोरीमाथि सामुहिक बलात्कार

५ बर्ष अगाडि

ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । खुमलटारमा रहेको गेष्टहाउसमा दुईजना मिलेर सामुहिक बलात्कार गरेका हुन् ।

बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

परिचित किशोरीलाई उनीहरुले शुक्रवार साँझ गेष्ट हाउसमा बोलाएर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी सो गेष्ट हाउसका कामदार हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया