काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगको दावी भुक्तानी रकम रु.३० लाख प्रदान गरेको छ ।
क्षेत्रीयकार्यालय बुटवल शाखाले शनिबार तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।
तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय रामचन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए ।
एक किस्ता बीमा शुल्क रु.२ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडौंको गंगालालमा गएका थिए ।
उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान हो ।
प्रतिक्रिया