वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर उतै ज्यान गुमाएका १२ नेपालीको शव स्वदेश आईपुगेको छ ।
नेपाल एयरलाइन्सबाट एक साथ १२ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फल नेपाल आइपुगेको हो ।
मलेसियामा ज्यान गुमाएका गोर्खाका मेघबहादुर कुँवर र सूर्य विक, महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव ल्याइएको हो ।
आफ्नो निर्वाचन क्षेत्रका दुई जनाको शव मलेसियाबाट ल्याइएपछि पूर्व प्रधानमन्त्री एवं जसपाका अध्यक्ष डा बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका छन् ।
उनले वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपाली युवाको शव एकैदिन आइपुगेको देख्दा र आफन्तहरुको भावविह्वल अवस्था देख्दा आँशु नथामिएको बताएका छन् ।
प्रतिक्रिया