स्रोत नखुलेको ४३ लाख नगद र ९ थान छड्के तिलहरी सहित एक जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दिप कौशल रहेका छन् । उनलाई चन्द्रागिरी नगरपालिका९२ नागढुङ्गाबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । 

तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३९०१९००६ ख ०९१२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिड्ने प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । 

साथै छड्के तिलहरीको पोते माला ९ थान फेला पारी थप अनुसन्धान गर्ने क्रममा उक्त नगद सन्दिपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया