काठमाडौं - समता लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ ।
चैत्र १८ गते सम्पन्न भएको लघुवित्तको सञ्चालक समितिको बैठकले २०७८ असार ३ गतेदेखि लागू हुने गरी एक वर्ष अवधिको लागि शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्टलाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्धकमा चयन भएसँगै कम्पनीको शेयर सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेजी, नामसारी, शेयर रोक्का राख्ने, लगायत शेयरधनीको लगत अद्यावधिक गरी राख्ने लगायत लघुवित्तको शेयर सम्बन्धी सम्पूर्ण कार्य आरबीबी मर्चेन्ट मार्फत हुनेछ ।
प्रतिक्रिया