बोनस शेयरसहित नागरिक लगानी कोषको लाभांश घोषणा

५ बर्ष अगाडि

काठमाडौं - नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । 

कोष सञ्चालक समितिको चैत २१ गते सम्पन्न २१३ औं बैठकले आव २०७६र७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार कोषले ३ अर्ब रुपैयाँको ९ प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८.८९ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ २६ पैसा नगद लाभांश वितरण गर्नेछ । 

कोषले चुक्ता पूँजीको कुल कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया