भीषण आगलागीबाट ११५ बढी घर जलेर नष्ट, तीन जना घाइते

५ बर्ष अगाडि

काठमाडौं - बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा भीषण आगलागी हुँदा १ सय १५ भन्दा बढी घर जलेर नष्ट भएका छन् । 

शनिबार दिउँसो करिब साढे ३ बजेतिर भएको आगलागीबाट १ सय १५ भन्दा बढी घर जलेको हो । दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको थियो । 

नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका लिएका हुन् ।

साथै आगोले जलेर तीन जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । खरले छाएका र आपसमा जोडिएका घर–गोठ तथा तीव्र हावाहुरीका कारण आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया