८० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याउँदै नेशनल माइक्रोफाइनान्स, कहिलेबाट ?

५ बर्ष अगाडि

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले  ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर चैत ३१ गतेदेखि लिलामीमा बिक्री गर्न लागेको हो । 

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ ३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार ६०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया