आराभा नेपाल मोर्डन एग्रिकल्चरले बोलायो साधारण सभा, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले तेस्रो र चौंथो वार्षिक साधारण सभा चैत ३१ गतेका लागि बोलाएको हो । 

कम्पनीले सभा आफ्नै कार्यालय लमजुङ, दुराडाँडामा बिहान १० बजेबाट हुने भएको छ । चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ प्रतिवेदन माथि छलफल तथा पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने विषयमा छलफल गरि पारित गर्ने छ । 

साथै पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको भावी योजनामाथि छलफल तथा पारित गर्ने, कम्पनीको दायित्व बैंक ऋण अनुमोदन गर्ने विषयमा छलफल हुने कम्पनीले जनाएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया