काठमाडौं– नेपाल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ८० हजार कित्ता शेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको छ ।
कम्पनीले बोलकबोल माध्यम बाट बिक्री गर्न लागेको शयरको मूल्य प्रति कित्ता रु १६ सय तोकेको छ ।
आवेदन आगामी जेठ ३ गते भित्र बिक्री प्रबन्धक रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । साथै विद्यमान संस्थापक शेयर धनीहरूको हकमा सिलबन्दी आवेदन दिन ३५ दिनको समय दिइएको कम्पनीले जनाएको छ ।
न्यूनतम सय कित्ता शेयर भर्नु पर्ने कम्पनीले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले नेपाल राष्ट्र बैंक बाट संस्थापक शेयर धनीको लागी तोकिएको फिट एण्ड प्रोपर टेष्ट, कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको कागजात, आय स्रोत खुल्ने कागजातको प्रतिलिपि, प्यान न. को प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र र कर चुक्ता दाखिला गरेको निस्साको प्रतिलिपि आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया