धरानका सब्जीमण्डीमा एन आई सी एशिया बैंकको QR कोड वितरण !

५ बर्ष अगाडि

एन आई सी एशिया बैंकले धरान उपनगरपालिकामा रहेका सब्जीमण्डीमा मा QR कोड वितरण गरेको छ ।  धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा  QR कोड वितरण गरेको हो । 

  नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक श्री सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख श्री तिलक राइ, धरान संयुक्त बजार एकता संघका अध्यक्ष श्री राम कुमार दास र एन आई सी एशिया बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम श्री प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा  QR कोडको वितरण गरेका थिए । 

एन आई सी एशिया बैंकका मुलुकभर ३५२ शाखा कार्यालयहरू रहेका छन्  भने ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर रहेका छन्  ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया